अमेरिकामा केही वर्ष सरकारी कामकाज बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

पुस २१, काठमाडौं— अमेरिकामा केही बर्षसम्म सरकारका कुनै पनि कामकाज बन्द हुने  भएको छ ।

अमेरिकामा आँशिक काम बन्द भएको दुई साता भन्दा बढि समय नाघिसकेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बर्षसम्म कुनै पनि काम गर्न नदिने चेतावनी दिएको हो ।

प्रजातान्त्रिक पार्टीमा शिर्षस्थ नेताहरुको कुराकानी अनुसार अमेरिका र मेक्सिकोवीच बनाउने वाल निर्माण गर्न ट्रम्पले संसदहरुको सहमति वेगर संकट घोषणा गर्ने बताए । यस्तो खाडल तयार नभएसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने प्रतिवद्धता गरेका छन् ।

डेमोक्रेटिक पार्टील वाल निर्माणको विषयलाई लिएर विरोधका कारण झण्डै आठ लाख संघीय कर्मचारीहरुले गत डिसेम्बर २२ देखि तलब पाएका छैनन् । सोही कारण अहिले आँशिक सरकारी कामकाज ठप्प भएका छन् ।

रिपब्लिकन पार्टीबाट विजयी राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँग ह्वाइटहाउसमा भएको सकरात्मक छलफल पछि पत्रकार सम्मेलनमा उनले धम्कीपूर्ण शैलीमा सरकारी कामकाज धेरैवर्ष समयसम्म ठप्प पार्ने चेतावनी दिएको बताए ।