एप्पल कम्पनीलाई ७५ अर्ब डलर घाटा

पुस २०, काठमाडौं—प्रविधि क्षेत्रको विशाल कम्पनी एप्पलले ७५ अर्ब डलर घाटा वेहोरेको छ ।

आफ्नो सेयर घटेपछि एप्पललाई ठुलो घाटो लागेको हो । बिहीबार एप्पलको सेयर मूल्य १० प्रतिशतसम्म घटको बीबीसीले जनाएको छ । यसको दोष चीनमाथी लागेको छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले चीनमा एप्पलको विक्री घटेकाले यस्तो भएको बताएका छन् । एप्पलले सन् २०१८ पछिल्लो तीन महिनामा ८९ अर्ब आम्दानी गर्ने लक्ष्य राखेको भएपनि ८४ अर्ब मात्रै भएको एप्पलका प्रमुख कार्यकारी टिम कुकले बताए ।

क्रिसमस फलदायी हुने अपेक्षा गरेको एप्पलको भनेजस्तो आम्दानी नभएको बीबीसीले जनाएको छ । केही समयसम्म एप्पल अमेरिकाको सेयर खरिद–बिक्री गर्ने सबैभन्दा ठूलो कम्पनी थियो । तर, पहिलो स्थानमा रहेको एप्पल माइक्रोसफ्ट, एमेजन र गुगलको अल्फाबेटको पछि पर्दै चौथो स्थानमा पुगेको छ ।