चन्द्रमाको अहिलेसम्म नदेखिएको ठाउँमा चिनिया यान पुग्यो ।

पुष २०, बेइजिङ —चिनले पहिलो पटक चन्द्रमामा अहिलेसम्म नदेखिएको अन्धकार ठाउँमा  यान पुर्याएको छ । चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार चन्द्रमाको त्यस क्षेत्रमा चिनियाँ यान पहिलोपटक अवतरण गराएको हो ।

बिहीबार त्यहाँको विहान १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरण भएको चिनले औपचारिक घोषणा गरेको छ । २०१८ को डिसेम्बर ८ मा पठाइएको यान २२ औं दिनमा चन्द्रमाको कक्षमा पुगी २६ औं दिनमा अवतरण भएको थियो । चिनिया यान पृथ्वीबाट धेरै टाढा पर्ने पल्लोछेउको खाल्डोमा अवतरण भएको हो ।

अहिलेसम्म चन्द्रमाको वल्लो छेउ मात्र देखिएको र नदेखिएको चन्द्रमाको पल्लो छेउमा पहिलोपटक यान अवतरण भएको भन्दै विश्वभरका वैज्ञानिकहरुले विज्ञान क्षेत्रको विशेष उपलब्धि मानेका छन् ।

चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई समेत दिएका छन् । उनीहरुले मानवताका लागि नयाँ र प्रभावकारी सफलता मिलेको बताए ।

ढिलैभएपनि चीनले अन्तरिक्षमा प्रभाव जमाएको छ । अन्तरक्षि विज्ञहरुले संयुक्त राज्य अमेरिका र रुस लगायतका जस्ता अन्तरिक्ष होडवाजी गरिरहेका मुलुकसँग प्रतिस्प्रधात्मक रुपमा अगाडि बढेको विष्लेषण गरेका छन् ।

मकाउ विश्वविद्यालयको विज्ञान र प्रविधि विषयका प्राध्यापक जु मेङहुवाले चिनियाँ यान अवतरण भएको क्षेत्रमा चन्द्रमाको उत्पत्ति भएको तथ्य फेला पर्ने गरेको बताए । केही वैज्ञानिकहरुले त्यस क्षेत्रमा खजिनज हुनसक्ने अनुमान पनि गरेका छन् ।

चीनले अन्तरिक्ष मिसन महत्त्वाकांक्षी योजनाअनुसार चन्द्रमामा प्रतिस्पर्धामा रुपमा यान पठाउने तयारी गर्दै आएको थियो । रुसले सन् १९७६ मा लुना २४ नामको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराएको ३७ वर्षपछि चिनियाँ यान अवतरण भएको थियो ।

चाङ ई—थ्री सन् २०१३ मा चन्द्रमामा अवतरण गर्ने पहिलो चिनियाँ यान बनेको थियो । चीनले सन् २०३० भित्र चन्द्रमामा अन्तरिक्षयात्री पुर्याउने लक्ष्यसहित काम गर्दै आइरहेको छ । सन् २०२२ भित्र तेस्रो अन्तरिक्ष केन्द्र मार्फत यान पठाउने तयारी गरिरहेको छ ।