फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प

पुस १४, काठमाडौं — फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको समयअनुसार शनिबार बिहान ११ः३९ बजे भूकम्प गएको हो ।

भूकम्पपछि सुनामी आउने खतरा बढेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ । अमेरिकी भुगर्भ सम्बन्धि सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटन क्षेत्रलाई केन्द्रबिन्दु बनाएको भूबकम्प गएको जनाएको छ ।

भूकम्पको मानवीय तथा भौतिक क्षतिबारेको प्रष्ट भईनसकेको सीएनएनले जनाएको छ । अमेरिकाको प्यासिफिक सुनामी चेतावनी केन्द्रले सुनामीको खतरा वढेकाकाले सतर्क हुन पनि आग्रह गरेको छ ।

फिलिपिन्स पनि भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । सन् २०१७ को जुलाईमा पनि ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।