ट्राफिक कारबाहीबाट पाँच महीनामा १२ करोड राजश्व संकलन

 

पुष, १४ काठमाडौ — ट्राफिक नियम बिपरित काम गर्नेहरु बिरद्ध जरिवाना स्वरुप चालु आर्थिक वर्षको पाँच महीनामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ ।

महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १८१, बढी भाडा लिने चार हजार १३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९६५ सवारी साधनलाई कारवाही गरेको हो

मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारवाहीबाट महाशाखाले राजश्व सङ्कलन गरेको हो । सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो ।