मलेसिया रोजगारको बाटो छिट्टै खुल्दै

पुष १३ काठमाडौं — मलेसियाले कामदार भर्ना प्रक्रिया सम्वन्धि विद्यमान भेन्डरलाई परिवर्तन गर्ने देखिएको छ ।

नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते भएको श्रमसम्झौता अनुरुप कामदार जाने प्रक्रिया सञ्चालन नहुनुको मुख्यकारण नेपालपक्षले भेन्डर फेर्न लागिरहेको बेला मलेसियाले नै कामदार भर्ना प्रक्रिया सम्वन्धि एफडब्लूसीएमएसलाई हटाउने योजना अघि सारेको हो ।

सन् २०१९ को जनवरी देखि कामदारहरुलाई कम्पनीहरुले सामाजिक सुरक्षा संस्थामा दर्ता गर्नुपर्ने मलेसियाली सरकारको नयाँ व्यवस्था नेपाली दूतावासले जारी गरेको विज्ञप्तिबाट थाहा हुन्छ ।

एफडब्लूसीएमएसलाई विस्थापित गर्ने मलेसियाको इच्छा भएपनि आगामी सन् २०२० सम्म सम्झौता गरिएकाले यसको विकल्प खोज्ने बारेमा कही खुलाएको पाईदैन । तर सम्झौता समयसिमाभित्रै मलेसिया आउने कामदार सोक्सोमा दर्ता गरेर एफडब्लूसीएमएसलाई हटाउने उसको नीति प्रष्ट हुन्छ ।

मलेसिया जाने कामदारसँग कम्पनीहरुले थप शुल्क लिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रियामा संलग्न ५ वटा विभिन्न संस्थाहरुलाई खारेज गरेपछि जेठ २ गते देखि मलेसिया रोजगारी बन्द रहेको छ । तर मलेसियालीका लागि कामदारको राम्रो स्रोत नेपालबाट कामदार आउनै बन्द भएपछि मलेसियाली सरकार र नेपाली पक्षका माग सम्बोधन गर्ने बारेमा दबाब आएपछि दुई देशबीच श्रम समझदारी भएको थियो ।

श्रम मन्त्री गोकर्ण विष्टले विगतमा भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा संलग्न संस्थामाथि अदालतमा परेको मुद्दा बिचाराधिन रहेकाले यसको विकल्प खोजिरहेका बेला मलेसियाली पक्ष बाटै भेन्डर फेर्ने गृहकार्य थलिएको देखिन्छ ।

यसबाट लामो समयदेखी वन्द मलेसिया रोजगारी चाडै खुल्ने विश्वास लिन सकिन्छ ।