ईतिहास र आधुनिकता झल्किने धरहराको पुनिनिर्माण सुरु भयो ।

पुस १२, काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुननिर्माण हुँदा ईतिहास र आधुनिकता झल्किने बताएका छन् । धरहरा पुननिर्माणको शिलन्यास गर्दै, प्रधानमन्त्री ओलीले पुनर्निर्माणपछि धरहराको ईतिहास र आधुनिकता झल्किने बताएका हुन् ।

उनले आफूलाई धरहरा चढ्न पहिला गाह्रो भएको अनुभव सुनाउदै अब बन्ने धरहराको टुप्पामा नौजवान, बुढापाकाहरूलाई पनि सजिलै चढ्न सक्नेगरी आधुनिक शैलीमा निर्माण गरिन लागेको बताए ।

ढिलै भएपनि धहराको पुननिर्माण कार्य सुरु भएकाले यसलाई कुनै पनि हालतमा फत्ते गर्न स्थानीय सरकारले सहयोग गर्ने काठमाडौं मरहानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताए ।

उनले साईत जुराएरै पुननिर्माणको कार्य सुरु गरिएकाले अब धरहराको काममा ढिला नगरीकन तोकिएको समयमै काम पुरा हुने  विस्वास दिलाए ।
उनले काठमाडौंका सडक जेट मेसिनले पखाल्ने, ब्रुमरले धूलो सफा गर्ने जस्ता काम गरेर काठमाडौं शहरलाई सुन्दर बनाउन कडा मेहनेतका साथ लागि परेको समेत बताए ।

जिआइइटिसी–रमन जेभीले ३ अर्ब ४८ करोडको खर्चमा धरहराको पुननिर्माण कार्य गरिरहेको छ ।