३०० वटा विद्युतीय बस खरिद गर्ने मन्त्रिपरिषदको निर्णय

पुस १२, काठमाडौं — सरकारले राजधानीभित्रका लागि ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले ३०० वटा विद्युतीय बस खरिद गर्ने, मन्त्रिपरिषदको निर्णय भएको बताए ।

काठमाडौंमा वढ्दै गएको ट्राफिक जाम र वायु प्रदुषणको समस्या घटाउन सार्वजनिक यातायात र विद्युतीय साधनलाई प्रोत्साहन गर्न लागेको मन्त्री बास्कोटाले जनाकारी दिए ।

यसका लागि भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरिसकेको जनाएको छ ।