मेलिनाको ‘युगौं देखिको माया’ गीत सार्वजनिक— भिडियो सहित

पुष, ११ काठमाडौ — चर्चित गायिका मेलिना राईको आवाजमा ‘युगौंदेखि तिमीलाई भेटेको जस्तो’बोलको सार्वजनिक भएको छ।  गीतमा राई र गौरव आलेको स्वर रहेको छ । युमुना पराजुली अधिकारीले शब्द रहेको गीतमा प्रमोद पन्तले संगीत दिएका छन् ।

प्रमोद पन्तले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेत्री सारा शिर्पाली र मनोज वलीले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।