दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले भने‘ म जुन सुकै वेला राजिनामा दिन तयार छु’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कुुनै पनि वेला पदवाट राजिनामा दिन सक्ने वताएका छन । आफुलाई पदको लोभ नभएकोले सरकारलाई सजिलो वनाउन तयार रहेको वताए ।

‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । ’ विहिवार राजधानीमा आयोजित साक्षात्कारमा वोल्दै अध्यक्ष झाले भने ‘यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरूलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु।’

उनले आफुु व्यवसायीक र कुुशल व्यवस्थापक भएकाले राम्रो काम गर्न चाहेको वताए । नेताहरुले मेरो प्रतिष्ठामाथि आँच पुर्याउने गरी वोलेकोमा दुुख लागेको झाले वताए ।

उनले बिना कुनै कारण नेकपाका केही नेताहरुले आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा आपत्ति पनि जनाए ।

आफुु वर्तमान सरकारले गराएको खुुल्ला प्रतिष्प्रर्धामा पहिलो नम्वरमा नाम निकालेर प्राधिकरणमा पुुन नियुुतिm भएको वताए । उनले भने,‘ मजस्तो एउटा कर्मठ र इमानदार राष्ट्रसेवकलाई खुलेआम सञ्चारमाध्यमहरूमा भ्रष्टाचारी सावित गर्नु, जबकी कुनै आरोप नै छैन । यो दुःखको कुरा हो।’