विदेशीको यर्थाथ कथा ‘सेतो साडी’ सार्वजनिक — भिडियो सहित

काठमाडौ — जितेन्द्र बानियाँले विदेशीएकाहरुको यर्थाथ कथा ‘सेतो साडी ’ गीत मार्फत देखाउन खोजेका छन् । । राजधानीमा आइतबार एक कार्यक्रमका बिच राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, बरिष्ठ संगीतकार राजु सिंह, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकाली लगायतले  गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा विदेशमा श्रम गर्न बाध्य नेपालीहरु र आश्रीत परिवारको कथा ब्यथा समेटिएको छ । कोठे क्रियशनको प्रस्तुतिमा जितेन्द्र बाँनियाको गायक सागर संसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको रहेको छ ।

राजेश पुमाराईको निर्देशन रहेको गीतको म्युजिक भिडियामा बरिष्ठ कलाकार सुरविर पण्डित, तथा नायीका सुनिशा बजगाईं र प्रविण केसीको अभिनय हेर्न सकिन्छ । उत्सव दाहालको छ्याङ्कन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका छन् ।