मिस युनिभर्स २०१८ को विजेता फिलिपिनी क्याट्रिओना : मनिता १० टेनबाट बाहिरिन्

काठमाडौं २ पुस । मिस युनिभर्स २०१८ को विजेता फिलिपिन्सकी क्याट्रिओना ग्रेले भएकी छन् ।  थाइल्याण्डकको बैंककमा भएको फाइनल प्रतिस्पर्धामा उनी विजेता भएकी हुन् ।

मिस युनिभर्सको ताज जित्ने २४ वर्षीया क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् ।  यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरु नै मिस युनिभर्सको विजेता भएका थिए ।

फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भएका छन् ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भइन् । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा पनि टप १० बाटै बाहिरिएकी थिइन् ।