‘सरकारले अब कामको गति लिन्छ ’ — प्रचण्ड

काठमाडौ,२९ कात्तिक — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकता र सरकारका कामले गति लिने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको काम र पार्टी एकताको गति अब बढ्ने बताएका हुन् ।
‘प्रदेश, जिल्ला र स्थानीय तहसम्मकै एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको छ,’ उनले भने, ‘एकताको काम केही ढिला भएकै हो, तर कसैले पनि दायाँ–बायाँ गर्न सक्ने अवस्था छैन ।’ उनले भने ।