घुसमा टिभी माग्ने डिएसपी राईविरुद्ध मुद्दा दायर

काठमाडौं,२९ कात्तिक — मुद्दा मिलाइदिने भन्दै घुसमा टेलिभिजन सेट माग्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको रुपमा घुस माग्दा अख्तियारले १ लाख ४० हजार रुपैयाँ नगदसहित एक महिना अघि नियन्त्रणमा लिएको थियो ।
महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख डिएसपी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको हो ।