नेपाल राष्ट्र बैंकमा ११४ जनालाई रोजगारीको अवसर

काठमाडौ,२९ कात्तिक —नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदका लागि बिज्ञापन गरेको छ। बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना, सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना, सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर २६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन अनलाइन दिनुपर्ने र रकम भुक्तानी राष्ट्रिय बाणिज्य बैंकको मोबाइल एप, इसेवा र फोन पे बाट गर्न सकिने बैंकले जनाएको छ ।