नवलपरासीमा बस पल्टिदा १६ घाइते

काठमाडौ,२९ कात्तिक — नवलपरासीमा बस दुर्घटनामा परि १६ जना घाइते भएका छन् ।
दाङ्वाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ६२०१ नम्बरको बस बिहान कावासोती बजारमा पल्टिएको हो । चालक निदाएका कारण बस पल्टिएको प्रहरीको जनाएको छ ।