गृहमन्त्री र प्रहरी महानिरीक्षकको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं,१८ असोज— देशमा भइरहेका आपराधिक घटनामा सरकार मुकदर्शक बनेर बसेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै युुवाहरुले सिंहदरबार गेटमै प्रदर्शन गरेका छन् ।  उनीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग गरेका छन् ।