संयुक्तराष्ट्र संघको भ्रमण पछि आज प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किदै

काठमाडौं, १८ असोज—अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौ फर्किदै छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुुगेका प्रधानमन्त्री आज तीन बजे त्रिभुुवन विमानस्थल आइपुुग्ने प्रधानमन्त्री निजी सचिवालयले बताएकोछ ।
भ्रमणमा गएका प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत छन् । महासभामा सम्बोधन पछि प्रधानमन्त्रीको टोली कोष्टारिकाको भ्रमण गएका थिए । प्रधानमन्त्रीले त्यहा कोष्टारिकाको शान्ति विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी उपाधी पाएका थिए । त्यसपछि उनले राष्ट्रपति संग भेटेर शिष्टाचार भेट गरेका थिए ।