केहि महिनामै काठमाडौं धुलो र हिलोबाट मुक्त हुने नेकपा अध्यक्ष प्रचण्डको दावी

 

सिन्धुली, २० भदौ—काठमाडौंको धुलो र हिलोले आचित भएका जनतालाई यतिबेला नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुुष्पकमल दाहालले आश्वासन दिएका छन् । वर्तमान सरकारले अब केहि महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न पार्ने बताएका छन् ।
बुधबार सिन्धुलीको मरिण गाउपालिकाको वडा. ३ र ४ जोड्ने मरिणखोलामा निर्माण सम्पनन भएको पक्की पुलको उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले प्रधान मन्त्री केपी शर्मा ओली र आफुबीच यस विषयमा र विकास निर्माणबारे छलफल भइरहेको बताए ।
अब विकासमा छलाङ हान्ने बेला भएको भन्दै अध्यक्ष दाहालले रोजगारीका अवसर सिर्जना गरी मुलकलाइ समृद्ध बनाउने बताए ।