अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस

काठमाडौं, २० भदौ —संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेलाई सिफारिस गरेको छ। बुधबार बसेको परिषद् बैठकले घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त सिफारिस गरेको हो ।
प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो।