ऊर्जामन्त्री वर्षमान पुन बंगलादेश प्रस्थान

काठमाडौं,२० भदौ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान  बंगलादेश भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी बुधबार मध्याह्न पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।

बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन ढाका गएका हुन् । ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख हसिना र समकक्षी नसरुल हमिदसँग भेटवार्ता पनि गर्ने मन्त्री पुनको सचिवालयले जनाएको छ ।