मोदी सहितका चार बिशिष्ट पाहुना आजै स्वदेश फर्कदै

काठमाडौँ – बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका भारतीय प्रधानमन्त्री मोदी सहित ४ बिशिष्ट पाहुना आज (शुक्रबार) नै फर्कने भएका छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै फर्कने भएका हुन् ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शुक्रबार लुम्बिनी गएर शनिबार फर्कने कार्यक्रम रहेकको छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।