बिमस्टेकका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट शुरु

 

काठमाडौ, १५ भदौ —काठमाडौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) शुरु भएको छ ।

बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित होटल सोल्टीमा रिट्रिट शुरु भएको हो ।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखहरुलाई स्वागत गरेका थिए ।