बिक्रिमा ठगी गरेपछि धनगढीका ३ आयल स्टोरमा सिल

काठमाडौ, २९ साउन — इन्धन बिक्रिमा ठगि गर्ने गरेको आरोपमा धनगढीका ३ वटा पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । धनगढीका शिवशंकर, मल्ल र हरी आयल स्टोरमा सिल गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा नाप तौल कार्यालय र आयल निगमको टोलीले गरेको बजार अनुगमनको क्रममा डिजेल पेट्रोलको बिक्रिमा मात्रा घटाएको पाइएकोले सिल गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।