नागरिक तर्साउन विभिन्न ठाउँमा नक्कली बम

 

काठमाडौ, २९ साउन —प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा नागरिक तर्साउन विभिन्न ठाउँमा शंकास्पद बस्तुहरू राखिएका भेटिएको छ ।
ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको प्रहरीले जनाएको छ। लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्को्स्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।