अर्थमन्त्री फेर्न प्रधानमन्त्रीलाई आफ्नै दलबाट दबाव

 

काठमाडौ, २६ साउन —दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले ल्याएको बजेटबाट जनता निराश भएको भन्दै अर्थमन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओली माथि आफ्नै दलबाट दबाब बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शुक्रबार सिंहदरबार पुगेका ५ नम्बर प्रदेशका सांसदहरुले अर्थमन्त्री डा खतिवडाको भूमिकाको कडा आलोचना गरेका छन् ।
नेकपाका सांसदहरुले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर आर्थिक वर्ष २०७५र०७६ को बजेट आएपछि सरकारबारे जनताको तहमा गुनासा मात्रै नबढी निराशा पनि छाएको बताए ।