मिश्रले सम्हाले सर्वोच्चको जिम्मेवारी

 

काठमाडौ, २० साउन— कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेपछि सर्वोच्च अदालतको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रको लिएका छन् ।
मिश्रले कामु प्रधानन्यायाधीशकारुपमा आइतवार विभिन्न मुद्दाको पेशी तोक्दै काम थालेको हुन् । संसदीय सुनुवाइ समितिबाट बहुमतले अस्वीकृत भएपछि जोशी आइतबारबाट बिदा बसेका हुन् ।

जोशी बिदामा बसेपछि सर्वोच्चको रोलक्रममा अनुसार दोस्रो नम्बरमा रहेका न्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि पेशी तोकेका हुन ।