गृहमन्त्री थापा इण्डोनेसिया प्रस्थान,

काठमाडौं –इण्डोनेसियाको राजधानी बालीमा आायोजना हुने ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन आइतबारबेलुका इण्डोनेसिया प्रस्थान गरेका छन्। 

साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन्। गृहमन्त्री थापाले साउन २२ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाल सहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्य छन्।

मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराधको सम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन २००२मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना सुरु गरिएको हो।

गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी साउन २३ गते फर्कनेछन्।