५० हजारमा एक महिनामै स्मार्ट लाइसेन्स

 

काठमाडौ २० साउन — सिन्धुपाल्चोक घर भएका २१ वर्षीय निरकुमार खड्का नक्कली नक्कली स्मार्ट लाइसेन्स पक्राउ परेका छन ।
उनले ५० हजार रुपैयाँ तिरेर १ महिनाभित्र नक्कली स्मार्ट लाइसेन्स हात पारेको खुलेको छ ।
पछिल्लो समय नक्कली स्मार्ट लाइसेन्स पक्राउ पर्ने क्रम बढिरहेको बेला उनी नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेका हुन् ।
ललितपुर ट्राफिक प्रहरीले आज बिहान सातदोबाटोमा नियमित ट्राफिक जाँचको क्रममा सो नक्कली स्मार्ट लाइसेन्स फेला गरेको छ ।

सोधपुछका क्रममा खड्काले आफूले लाइसेन्सका लागि ५० हजार रुपैयाँ तिरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

बयानमा उनले फोटो खिच्ने बेला ‘लाइसेन्स बनाइदिन्छु’ भन्ने व्यक्तिलाई ३० हजार रुपैयाँ नगद बुझाएको र ट्रायलमा फेल हुँदा पनि लाइसेन्स हातैमा पाएको बताएका छन् । उनले लाइसेन्स प्राप्त गरेपछि थप २० हजार रुपैयाँ तिरेको पनि जानकारी दिएका छन् । साभार — रातोपाटी