राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने

काठमाडौं – चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको  समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेका बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिनभन्दा बढी हुने गरी तोकिने छैन । राष्ट्रियसभाको बैठक सामान्यतया ११ बजे र प्रतिनिधिसभाको बैठक सामान्यतया १ बजे बस्ने छ ।’

राष्ट्रियसभाको बैठक प्रायःजसो धेरै दिनको अन्तरमा नै हुँदै आएको छ ।