सिंहदरबार क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

 

काठमाडौं,१९ साउन —सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

सिंहदरबार परिसरमा रहेका एच।टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुनेछ ।