आमा र छोरीको बेदनाले भरिएको मौलिक तीज गीत हे आमा … ( भिडियो हेर्नुहोस )

काठमाडौं – हिन्दु नारीहरुको महान चाड तीज नजिकिए संगै तीज गीतका भिडियो सार्बजनिक हुने क्रम पनि बढ्दो छ । यसै क्रममा रेडियो जक्की, भिडियो जक्की र आफूलाई गीतिलेखनमा समेत स्थापित गराएकी गीतकार कल्पना रेग्मीको शब्दमा मौलिक तीज गीत ‘हे आमा’ सार्वजनिक गरिएको छ।

पछिल्लो समय मौलिक तिजको गीत को खडेरी परिरहेको  अबस्थामा रेग्मीले यथार्थ तिज गीत बजारमा लिएर आएकी छिन। रेग्मीको शब्द,हुम गैरेको लय अनि लक्ष्मी पाठकको स्वर एवं शान्ता परियार,पवित्रा सतुङ्गे र पार्वती बिसीको कोरस रहेको गीत शैली क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हुम गैरेको निर्देशनमा भनेको भिडियोलाई वसन्त महर्जनको छयाङ्कन रहेको छ भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् ।  भिडियोमा गीतकार रेग्मी र साथीहरुको अभिनय देख्न सकिनेछ।

गीतकार कल्पना रेग्मीको यसअघि  पनि ‘कान्छी आइन’, म पनि नाच्नी हो, त्यस्तै ‘बसौला काखैमा’, भन्ने गीत पनि चर्चामा रहेको थियो।