गर्भवती महिला स्वास्थ्य चौकी गए अण्डा उपहार

काठमाडौ,१९ साउन — तेह्रथुम जिल्लाको स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ ।
स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताइन् ।

रासस