नारायणगढ–मुग्लिन सडक अबरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको सुझाव

१९ साउन, चितवन । गएरातिदेखी परेको पानीका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध बनेको छ ।

सडकखण्डको घुमाउने भन्ने स्थानमा बिहान साँढे ६ बजे पहिरो झरेर सडक अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए  पानी परिरहेको र ढुंगाहरु झर्ने क्रम नरोकिएकोले पहिरो हटाउन अझै केही घण्टा लाग्ने प्रमुख गौतमले बताए ।

प्रहरीले पहिरो नहटेसम्म यात्रा नगर्न र सुरक्षित स्थानमा यात्रा विश्राम गर्न भनेको छ । अवरोध हटेपछि मात्रै अगाडि जान सवै चालकहरुलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

घुमाउनेमा ४ दिन यता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ ।

भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन चालक र यात्रुहरुलाई सडक आयोजनाले अनुरोध गरेको छ । सो सडकको २७ किलो भन्ने भालुढंगामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर सडक अबरुद्ध हुने गरेको छ ।