नेपालको एक दिवसीयमा पहिलो जित

काठमाडौ – नेपालले नेदरल्याण्डलाई १ रनको झिनो अन्तरले पराजित गर्दै नेपालले दुई एक दिवसीय श्रिङ्खलामा बराबरी गरेको छ । ओएर्स वेरेसिले ७१ रन बनाएपनि टिमको हार टार्न सकेनन्। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोम पाल कामीको ६१ रनको मदतमा ४८.५ ओभरमा अल आउट हुँदै २१६ रन बनाएको थियो । जवाफमा नेदरल्याण्डको टिमले पुरै ५० ओभर खेल्दै २१५ रन बनाउदै सबै विकेट गुमाएछि नेपालले एक रनको कठिन जित दर्ता गरेको हो । बलिङ तर्फ नेपालका सन्दिप लामेछानेले ३ विकेट लिए । अन्तिम बलमा दुई रनको आवश्यकता थियो नेदरल्याण्डलाई तर पारसको बलमा नेदरल्याण्डका क्लासेन बोल्ड भएपछि खेल अन्तिममा नेपालको पक्षमा रोमाञ्चक तरिकाले आयो ।
ब्याटिङतर्फ नेपालका लागि उप-कप्तान ज्ञानेन्द्र मल्लले २ चौका सहित २४ बलमा १३,सुवास खगुरेलले तिन सहित ३३ बलमा १९, अनिल शाहले एक चौका सहित ३ बलमा ४, दिपेन्द्र सिङ ऐरिले ३ चौका सहित १७ बलमा १९, रोहित कुमार पौडेलले १ चौका सहित १५ बलमा ६, आरिफ शेखले ४६ बलमा १६, सोम पाल कामीले ५ चौका र ३ छक्का प्राहार गर्दै ४६ बलमा ६१, कप्तान पारस खड्काले २ छक्का र ६ चौका सहित ६९ बलमा ५१, बसन्त रेग्मिले ९ बलमा १, सन्दिप लामेछानेले २२ बलमा ८ रन बनाए । ललित राजवंशि भने ९ बलको सामना गर्दै ४ रनमा नट आउट रहे ।