वर्षभरिको बाली जंगली बंदेलको मुखमा

 

सल्यान, १९ साउन—वर्षभरि लगायको बाली जंगल बदेलले एक छिन्मै नष्ट गरिदिएपछि सल्यानका किसानहरु चिन्तीत छन् । वनगाड कुपिण्डे—९ गिठाचोरका १ सय ४५ घरपरिवारले लगाएको धान, मकै, कोदोर लगायतका अन्न बाली सखाप पारेपछि उनीहरु चिन्तीन भएका हुन् ।
भगवती सामुदायिक वन गाउनजिकै पर्छ । जहा बदेलको बथान आएर किसानले लगाएको बाली खाएका थिए ।
भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताए ।