दरबार हाईस्कुल पुननिर्माण सुरु हुने

 

काठमाडौं, १९ साउन—खबको बिस दिन भित्रै दरबार हाईस्कुलको भवन पुननिर्माणमा जानेछ । भुकम्पले क्षतिग्रस्त दरबार हाईस्कुलको भवनलाई पुन निर्माण गर्न लागिएको हो । भवन पुरानै स्वरुपमा देखिने गरी चार तलाको बनाइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पाखेरेल र चिनिया राजदुत यु होङले शुक्रबार संयुक्त रुपमा भवन पुननिर्माणको शिलन्यास गरेका छन् ।

दुई देशबीच भएको सम्झौताअनुसार ९० करोड १० लाख लागत इस्टिमेट गरिएको छ । सरकारले भौतिक निर्माणमा प्रयोग हुने सामग्री ढुवानीका निम्ति ५० करोड रुपैयाँ लागतको कर छुटको चिठीसमेत पठाइसकेको जनाएको छ ।