घुस लिदैगर्दा कार्यलय प्रमुख पक्राउ

 

तेह्रथुम, १८ साउन—तेह्रथुमको आठराई गाउपालिकाको केन्द्र संक्रान्तिबजार अवस्थीत मालपोत कार्यालयका निमित्त प्रमुखलाई घुस सहित पक्राउ परेका छन् । शंकरप्रसाद दाहाल नाम गरेका प्रमुखले २५ हजार रुपैया घुसलिदै गर्दा समातिएका हुन् । शुक्रबार दिउसो उनलाई अख्तियार टोलीले सेवाग्राहिबाट घुस लिदै गर्दा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घूस रकमसहित नियन्त्रणमा लिएको हो ।