प्रदेश २ : राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

 

काठमाडौं, १८ साउन—प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालत जनकपुरले प्रहरीलाई आदेश दिएकोछ ।

सशस्त्र प्रहरी बला असई थमन विकको हत्याको अरोपमा उनलाई पक्राउन गर्न लागिएको हो । जनकपुरका न्यायधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासको असई विकका हत्या आरोपीतलाई अबिलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश जारी गरिएको छ ।