प्रदेश २ : तिब्र विकासको गति लिदै

 

जनकपुर, १६ साउन—जनकपुरको मुख्य शहरभित्र एकीकृत शहरी विकास आयोजना र नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागले निर्माण कार्य तिब्र रुपमा सुरु गरेकोछ ।
प्रदेश २ को राजधानी रहेको जनकपुरमा एसियाली विकास बैंकको एक अर्ब ९० करोड रुपैया लगानीमा जनकपुरमा एकीकृत शहर विकास आयोजना संचालन गरेको हो । विभागका डिभिजन इन्जिनियर गंगाप्रसाद यादवले शहरी विकास तथा भवन निर्माण विभागले जनकपुरको राजमार्गदेखि पुर्व क्षेत्रमा सडक विस्तार र ढल निर्माणको लागि ८३ करोड रुपैया लगानी गरेको बताएका छन् ।