गृहमन्त्रालयको आदेश:  कार्यसम्पादनमा ढिला सुस्ती नगर्न आग्रह

 

काठमाडौं, १५ साउन—मन्त्रालय र मातहतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई गृहमन्त्री रामबहादुर थापाले कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । चार महिनाअघि सार्वजनिक गरेको ८२ बुंदे प्रशासन सुधार कार्ययोजना बारे मंगलबार मन्त्रालयमा समीक्षा बैठक बसेको थियो ।
गृहमन्त्री थापाले कार्ययोजना कार्यान्वयन सन्तोषजनक भएपनि गति बढाउन आवश्यक रहेको बताएका थिए । उनले प्राविधिक कारणबस ढिला हुदा केहि छैन तर, अरु कारणले काममा ढिलो गर्न नहुने बताए ।