मेक्सिकोमा विमान दुर्घटना, १०१ जना सुरक्षित

 

काठमाडौ, १६ साउन—विमान दुर्घटनामा परेको मेक्सिको विमान सुरक्षित छ । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेका थिए । जहा सबै सुरक्षित छन् ।
मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।
विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।