लघु विद्युतले गाउ झिलीमिलि

 

उदयपुर, १५ साउन—लघु विद्युतको भरमा ग्रामीण पहाडी क्षेत्र उल्यालो भएकोछ । राष्ट्रिय विद्युत प्रशारण लाइन नजोडिएको पहाडी क्षेत्रमा स्थानीयले यस्तो प्रयास गरेका हुन् । खोलानाला बाट उत्पादन गरिएको लघु विद्युतको भरमा नै उदयपुरको पहाडी क्षेत्र उज्यालो बनेको हो । चौबिसै घण्टा उज्यालो पार्न उनीहरुले खोलानालाबाट हाईड्रो पावर मार्फत बिजुली निकालेका हुन् ।

जिल्लाको पहाडी क्षेत्रमा हालसम्म सरकारी तथा गैर सरकारी निकायको प्रयासमा २ सय ११ दशमलव ५ किलोवाट भन्दा बढी विद्युत उत्पादन भएको जिल्ला समन्वय समिति उदयपुरका उर्जा तथा वातावरण अधिकृत राजदेव यादवले बताएका छन् ।