कांग्रेसले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्ने

१५ साउन, काठमाडौं —प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

साउन १ मा कांग्रेस महामन्त्री शशांक कोइरालाले जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिँदै सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए। जिल्ला कार्यसमितिहरूले पनि आआफ्नो जिल्लामा प्रदर्शनका लागि सबै तयारी पूरा गरेका छन्।