गैरआवासीयले नागरिकताको गरे माग

 

काठमाडौं, १४ साउन—संविधानले प्रत्याभुत गरे अनुसार नागरिकता सम्बनधी व्यवस्था कार्यान्वयन हुनु पर्ने माग सहित गैरआवासीय नेपाली संघले प्रस्ताव राखेकोछ
लक्जम्वर्गमा जारी गैर आवासीय नेपाली संघको ११ औँ यूरोप बैठक तथा ९ औँ महिला सम्मेलनमा संघले नागरिकतासम्बन्धि व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।

बैठकको उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले उठाएको विषयलाई सरकारले सकारात्मक रुपमा लिएको जानकारी गराएका छन् ।