कामकाजी आमाको व्यथा: लाउराले कम्मरमा छोरी च्यापेर गरिन्, समाचार वाचन

 

एजेन्सी, १४ साउन—सन्तानको लागि आमा कति सम्म महत्वपुर्ण हुन्छिन भन्ने कुरा कामकाजी महिलाबाट थाहा पाउन सकिन्छ । रोजगारमा व्यस्त महिलाले सन्तानको स्यहार र सुशार गर्दै करिअर समेत धानेका हुन्छन् । जुन सजिलो पक्कै छैन । सन्तानलाई साथै राखेर पनि महिलाले काम गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन्, आईटीभीले सञ्चालन गर्ने गुड मर्निङ ब्रिटेन कार्यक्रमकी सञ्चालीका लाउरा टोबिनले ।

यतिबेला उनको यो कामले अन्तराष्ट्रिय चर्चा बटुलेकोछ । ३६ वर्षिया लाउराले आफ्नो कार्यक्रममा छोरीलाई कम्ममा राखेर मौसमको समाचार वाचन गरेकी छन् । छोरीलाई अक्सीजनको कमिले गर्दा विरामी हुने भएकाले यत्तिकै छोड्न नसक्ने हुदा कार्यक्रममै लिएर आएको उनले बताइन् ।