त्रिविको परीक्षा सञ्चालन गर्ने कर्मचारीको भत्ता बढ्यो, कसको कति ?

 

काठमाडौ, १४ साउन — त्रिभुवन विश्वविद्यालयले विभिन्न परीक्षा संचालन गर्ने शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। नयाँ संशोधन पारिश्रमिकमा स्नातक तथा प्रविणता प्रमाण पत्र तहको परीक्षामा केन्द्रध्याक्षको ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको ३ सयबाट ६ सय र पर्यवेक्षकको ३ सयबाट वृद्धि गरी ६ सय र्पुयाइएको छ।त्यस्तै निरीक्षकको २ सय ५० बाट वृद्धि गरी ५ सय कायम गरिएको छ ।

त्यस्तै परीक्षा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक एक सयबाट वृद्धि गरी २ सय कायम गरिएको छ भने सुरक्षाकर्मीको ६० रुपैयाँबाट १ सय र्पुयाएको छ। यसैगरी कार्यालय सहयोगीको ७५ रुपैयाँलाई वृद्धि गरी १ सय ५० रुपैयाँ कायम गरिएको छ।
यसैगरी स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा हुने खर्चमा पनि हेरफेर भएको छ। जसमा केन्द्राध्यक्षको ६ सयबाट वृद्धि भई एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको ४ सयबाट वृद्धि भई ८ सय, निरीक्षकको ३ सयबाट वृद्धि गरी ६ सय कायम गरिएको छ ।

परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको हकमा १ सय २५ रुपैयाबाट वृद्धि गरी २ सय ५० रुपैयाँ, सुरक्षाकर्मीको ६० रुपैयाबाट वृद्धि गरी एक सय र कार्यालय सहयोगीहरुको लागि ८० रुपैयाबाट वृद्धि गरी १ सय ६० रुपैया पारिश्रमिक कायम गरिएको जनाइएको छ। संशोधित पारिश्रमिक श्रावण ६ गतेदेखि चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागू भइसकेको छ। साउन २ गतेको त्रिवि कार्यकारी परिषद्को बैठकले कर्मचारीको पारिश्रमिक वृद्धि गरेको हो।