सरकारको अनुकरणीय काम : सुत्केरी उपचार गर्न बझाङबाट हेलीकप्टरद्धार अस्पताल

बझाङ, ९ साउन—बझाङका एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएकोछ । सुत्केरी व्यथाले थलिएकी ति महिलालाई उद्धार गरिएको हो । थलारा गाउपालिका वडा नम्बर ७ कि धुमा सार्कीलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएकोछ ।

बझाङमा यसरी सरकारका तर्फबाट बिरामी उद्धार गरिएको पहिलो घटना हो । मगलबार सल्यक्रिया गरेर बच्चा जन्माएकी २५ वर्षिया धुमा रत्तश्राव नरोकिएपछि उपचारका लागि प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले एयर लिफ्ट सेवा प्रदान गरेको हो ।