सरकार र केसी बिच बिहिबार वार्ता सुरु

 

काठमाडौं, १० साउन—अनशनरत डा. गोविन्द केसी र सरकार पक्षका वार्ताकारहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहिबार पुनः वार्ता सुरु भएकोछ । बुधबार बसेको वार्तामा सरकार पक्षको छलफकपट देखिएको भन्दै वार्ता टोली विच्कीएका थिए । उनीहरुले विज्ञप्ति जारी गरि सरकार सवेदनशील नभएको आरोप समेत लगाएका थिए ।
सरकारी वार्ता टोलीमा संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललगायत तीन जना छन् भने डा। केसी पक्षका संयोजक डा। अभिषेक सिंह, डा। जीवन क्षेत्रीलगायत पाँच जना वार्रतामा संलग्न छन्। डा। केसीको अनशन २८ औं दिनमा निरन्तर रहेको छ।