काठमाडौं – आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’को ट्रेलर रिलिज गरिएको छ।
बिहिबार सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा देखिन्छ ।
मार्मिक ट्रेलरमार्फत चलचित्रको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्
